‘छक्कापन्जा ४’को छायाङ्कन सकियो
काठमाडौँ–कलाकार तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्कापन्जा ४’को छायांकन सकिएको छ । २ महिनामा छायांकन सकिएको हो । फिल्मको छायांकन सकिएसँगै पोस्ट–प्रोडक्सन र प्रचारप्रसारको काम सँगै अगाडि लैजाने गिरीले बताएका छन् ।
गिरीको टिमसँग यो फिल्मबाट हेमराज बीसी जोडिएका छन् । बीसीले ‘छक्कापन्जा ४’ निर्देशन गरेका हुन् ।
फागुन १९ लाई रिलिज मिति लिएर फिल्ममा दीपकसहित दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकारले अभिनय गरेका छन् । फिलमका कार्यकारी निर्माता निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ हुन् ।
फिल्म ‘छक्कापञ्जा’ को चौथो सिरिज राजनीति र सामाजिक कथावस्तुमा आधारित रहेको गिरीले बताए ।
फिल्मका अघिल्ला सिरिजमा गिरीले राजनीति, वैदेशिक रोजगारी, शिक्षादेखि तन्नेरीको प्रेमकथा समेत प्रस्तुत गरेका छन् । फिल्मका अघिल्ला तिनै सिरिजले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए ।