Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालगन्जमा दादुरा सङ्क्रमण नियन्त्रणमा आएन

सोमबार, माघ २, २०७९

नेपालगन्ज–नेपालगन्ज उपमहानगरपालिकामा १२ पुसदेखि देखिएको दादुरा सङ्क्रमण तीव्र बन्दै गएको छ । 


उपमहानगरका २३ वडामध्ये १५ वडामा सङ्क्रमण फैलिएको छ भने सङ्क्रमित बालबालिकाको सङ्ख्या १८८ पुगेको छ । 


१५ वडामध्ये ४, ५, ६, ९ र १२ मा २० भन्दा बढी सङ्क्रमित छन् भने वडा ४ मा ३१ महिने एक बालकको मृत्यु भएको थियो ।


उपमहानगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित १८८ मध्ये १३१ जना निको भएको र ५७ जना अझै होम आइसोलेसनमा छन् । पूर्ण खोप जिल्ला घोषणा गरिएको बाँकेमा दादुरा आउटब्रेक भएपछि नेपालगन्जमा खोप कार्यक्रमलाई तीव्रता दिइएको छ ।


१३ वडाभित्र खोप केन्द्र तोकेर मिजल्स भाइरस विरुद्धको खोप र भिटामिन ‘ए’ वितरण गरिएको छ ।

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्