Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट पेट्रोलको मूल्य बढेर आयो

सोमबार, माघ २, २०७९

काठमाडौँ -भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ । १५–१५ दिनमा नयाँ मूल्यसूची पठाउने सहमतिअनुरुप आईओसीले निगमलाई नयाँ सूची पठाएको हो ।

नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको छ ।


यस्तै, डिजेलमा प्रतिलिटर ३ रुपैयाँ ७३ पैसा घटेर आएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको निर्देशनअनुरुप आयल निगमले २४ पुसमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ तथा हवाई इन्धनमा ३० रुपैयाँसम्म मूल्य घटाइएको थियो । निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ भने सरकारलाई करिब ७ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार