Nic Ad Nic Ad
Nic Ad Nic Ad

नागरिकता विवादमा लामिछानेले भने–नागरिकता पुनः प्राप्तिसम्बन्धी प्रावधान पूरा गर्नु पर्दैन (पूर्णपाठसहित)

सोमबार, माघ २, २०७९

काठमाडौँ–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको हो । 


जवाफमा लामिछानेले १इ फागनु २०७० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता ५ जेठ २०७५ मा त्यागेको स्वीकार गरेका छन् । उनले २०७०मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्तिसम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गरेका छन् । 


अन्तरिम आदेशका लागि छलफलमा उनका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर लिएका छन् । उनले आफ्नो नागरिकतासम्बन्धी विवाद करिब ५ वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत जनाएका छन् ।


‘म लिखितजवाफकर्ता अमेरिकाबाट फर्केपछि न्युज–२४ मा सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा आवद्ध भई उक्त कार्यक्रम सञ्चालन गर्ने क्रममा करिब ५ वर्ष अघि मेरो नेपाली नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्काल अमेरिकी राहदानी र नागरिकता त्यागेको सूचना मिति २०७५/०३/०६ मा अध्यागमन विभागमार्फत नेपाल सरकार, गृहमन्त्रालयमा पेस गरेको थिएँ’, लामिछानेको जवाफमा उल्लेख छ । 


लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुन पर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियमा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गरेका छन् । 


उनले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने बताएका छन् ।

 

संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा ११ माघमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको छ ।

 

गृहमन्त्री रवि लामिछानेले पेस गरेकाे लिखित जवाफ यस्ताे छ–

 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्