नेभिगेशन
सुरक्षा–अपराध

भूकम्पबाट सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन

मोरङ– भूकम्प एवं दैवीप्रकोपको समयमा गर्नुपर्ने सावधानी र जनधनको क्षति न्यूनीकरण गर्न अपनाउनुपर्ने सुरक्षाका सम्बन्धमा आज यहाँ  ‘कृत्रिम घटना अभ्यास’ प्रदर्शन गरी जनचेतना जागृत गराइएको छ ।

 

प्रदेश नं १ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाली सेनाको भैरव दल गण थलहा मोरङ, सशस्त्र, नेपाल प्रहरी र विराटनगर महानगरपालिकद्वारा संयुक्त रुपमा  २५औँ भूकम्प सुरक्षा दिवसको उपलक्ष्यमा  विराटनगर–२ स्थित खुल्ला मैदानमा  ‘कृत्रिम घटना अभ्सास’ गरिएको हो । जसमा भूकम्प आउँदा  मानिसको जीवन रक्षा, आगलागीमा जोखिम  न्यूनीकरण गर्न अपनाउनुपर्ने सावधानी एवं उनीहरुको उद्धार र उपचारमा प्रयोग गरिने विभिन्न सामग्रीको प्रयोगको प्रदर्शन गरिएको थियो ।

 

 

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ  नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले  संयुक्त रुपमा अभ्यासका क्रममा तीनतले घरमा रहेका घाइते, भूकम्पको घरबाट थिचिएका मानिस र आगोबाट उद्धार गरी उपचारका लागि पुर्‍याउने  लगायतका कृत्रिम अभ्यास देखाइएको थियो ।

 

सो अवसरमा नेपाली सेनाले उद्धारका बेला प्रयोग गरिने विभिन्न औजार, जीवनरक्षक ज्याकेट, मोटरबोट लगायतका सामग्रीको प्रदर्शनी गरिएको थियो । मन्त्रालयका सचिव उमेश बस्नेत, कृषि मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, नेपाली सेना थलहाका प्रमुख सेनानी अमृतबहादुर थापा मगर लगायतले उद्धार कार्यक्रम अवलोकन  एवं निरीक्षण गरी  आवश्यक निर्देशन दिएका थिए । –रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ