यस्तो छ अन्य देशकाे विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३० रूपैयाँ २९ पैसा र बिक्री दर १३० रूपैयाँ ८९ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०३ पैसा र बिक्री दर १४१ रूपैयाँ ६८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १२ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६६ पैसा र बिक्री दर ३५ रूपैयाँ ८२ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ १९ पैसा र विक्रीदर ३० रूपैयाँ ३३ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ६९ पैसा र बिक्री दर ३४ रूपैयाँ ८५ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ ०६:२२
प्रतिक्रिया दिनुहोस्