प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेटमा आज २ खेल हुने
काठमाडौँ – इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । आज पहिलो खेल कर्णाली र प्रदेश १ तथा दोस्रो खेल सुदूरपश्चिम र विभागीय टोली एपिएफबीच प्रतिष्पर्धा हुने छ । इटहरीको जनता क्रिकेट पार्कमा प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वान्टी–२० क्रिकेट जारी छ ।
सोमबार सुदूरपश्चिम प्रदेश र प्रदेश १ ले लगातार दोस्रो जित निकालेका छन् । सोमबारको पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रन र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटको रोमाञ्चक जित निकाल्दा दुवै टोलीले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेका हुन् ।
सोमबार गण्डकीले दिएको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले पूरै २० ओभरमा ९ विकेटको क्षतिमा ६० रनको योगफल बनाएको थियो । पहिलो खेलमा प्रदेश १ ले लुम्बिनी प्रदेशमाथि ९ रनको रोमाञ्चक जित निकाल्न सफल भएको हो ।
इटहरीको जनता पार्कमा ढिलो गरी सुरु भएको खेलमा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै प्रदेश १ ले लगातार दोस्रो जित निकालेको हो ।