पहाडबाट आगो निस्किएपछि...
काठमाडाैँ – प्रकृतिले आफैँमा धेरै रहस्य लुकाएकाे छ । समय-समयमा यस्ता रहस्यहरू सार्वजनिक भइरहेकाे पनि पाइन्छ । यस्ता रहस्यहरू पनि छन्, जुन देखेपछि कहिलेकाहीँ विश्वास गर्न गाह्रो हुन्छ। हालै इन्टरनेटमा यस्तै एउटा भिडियो भाइरल भइरहेको छ, जुन अजरबैजानको हो । अजरबैजानकाे 'ल्याण्ड अफ फायर' भनेर चिनिने ठाउँमा पहाडमा आगो चलिरहेकाे देख्न सकिन्छ । भनिन्छ याे आगाे आफैंबाट सुरु हुन्छ।
पहाडबाट निस्केको यो आगोलाई स्थानीय भाषामा यानार दाग भनिन्छ, जसको अर्थ ‘जल्ने पहाड’ हो । हालै यो भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममा एक ट्राभल ब्लगरले सेयर गरेका छन्, जसलाई देखेर प्रयोगकर्ता पनि छक्क परेका छन् । भाइरल भइरहेको यो भिडियोमा पहाडको तल्लो भागमा निरन्तर आगो बलिरहेको देख्न सकिन्छ ।
पहाडमा बलिरहेकाे आगाे न हिउँले निभाउन सक्छ न त भारी वर्षाले, त्यसैले अजरबैजानको यो रहस्यमयी आगोले यस देशलाई ल्यान्ड अफ फायरको उपाधि दिएको छ। यानार दाग अजरबैजानको राजधानी बाकु नजिकै अबशेरोन प्रायद्वीपमा अवस्थित एउटा पहाड हो । प्राकृतिक ग्यास निस्ककेका कारण त्याे आगाे बलिरहेकाे बताइनछ ।