Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘आरआरआर’ ले जित्यो क्रिटिक्स च्वाइस अवार्ड

मंगलबार, माघ ३, २०७९

काठमाडौँ– अमेरिकामा दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले अर्को अवार्ड जितेको छ ।


‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको अवार्ड जितेको हो ।


फिल्मले अहिले २८ औं क्रिटिक्स च्वाइस अवार्ड जितेको छ । गोल्डेन ग्लोबपछि ‘आरआरआर’ को यो अर्को उपलब्धी हो । क्रिटिक्स च्वाइस अवार्डले आफ्नो ट्विटर अकाउन्टमा निर्देशक राजामौलीको भिडिओ सेयर गर्दै त्यस बारे जानकारी दिएको छ ।


यसअघि फिल्मको गीत ‘नाटु नाटु’ ले अमेरिकामा गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीत मोशन पिक्चरको उपाधि जितेको थियो । 


उत्कृष्ट विदेशी भाषी फिल्ममा ‘आरआरआर’ सँगै ‘अर्जेन्टिना १९८५, ‘बार्डो, ‘डिसिजन टु लिभ र अल क्वाइट अन द वेस्टर्न फ्रन्टु’ जस्ता फिल्मले प्रतिपर्धा गरेका थिए ।


निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ मा राम चरण, जुनियर एनटिआर र आलिया भट्ट प्रमुख भूमिकामा छन् । यस्तै अजय देवगनले अतिथि भूमिका निभाएका छन् । 


तेलुगू स्वतन्त्रता सेनानीहरू अल्लूरी सीताराम राजू तथा कोमाराम भीमको जिवनीबाट प्रभावित ‘आरआरआर’ लाई दर्शकले अत्यधिक मन पराएका छन् ।


फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिशविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिश राजमा सिपाही कसरी एकअर्काको साथी बन्छन् र ब्रिटिशविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ११:१५
प्रतिक्रिया दिनुहोस्