Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

मंगलबार, माघ ३, २०७९

काठमाडौं–वातावरण संरक्षण तथा दिगो आर्थिक विकासका लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित नेपालका लागि टाटा मोटर्स्को अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्राली र टाटा मोटर्स्को सह–आयोजनामा नेक्सन् इभी रेन्ज टेस्ट २०२३ प्रदर्शनात्मक कार्यक्रम बुटवल र भैरहवामा सम्पन्न भएको छ । 


नेक्सनइभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन इभी हुने ग्राहकहरूको उल्लेख्य एवम् उत्साहजनक सहभागिता थियो ।


बुटवल–भैरहवा सडकमा ३९७ किमीसम्म नेक्सन इभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँका सलिम श्रेष्ठको ३४७ किमी रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट आवर निकाल्न सफल भई प्रथम भए ।


३८७ किमी रेन्ज निकालेर गोपाल शर्मा दोश्रो भए । त्यसै गरी ३७८ किमि रेन्ज निकाल्न सफल सुवोध भट्टराई तेस्रो स्थानमा रहे ।
कार्यक्रममा सहभागी मध्ये २२ जनाले ३०० किमी रेन्ज भन्दा बढी निकालेका थिए ।


सहभागीहरूलाई श्रेष्ठताका आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरियो ।
प्रथम हुने सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुंग स्मार्ट एलइडि टिभी प्राप्त गरे । त्यसैगरी दोश्रो स्थानमा रहेका गोपाल शर्माले सामसुंग ओभेन जिते भने तेश्रो स्थानमा रहेका सुवोध भट्टराईले एयर फ्रायर प्राप्त गरे ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १२:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार