३२.७२ अंकले बढ्यो नेप्से, ३ अर्ब ७२ करोडको कारोबार
काठमाडौँ–मङ्गलबार नेपाल स्टक एक्स्चेन्ज(नेप्से) परिसूचक ३२.७२ अंकले बढेको छ ।
सुरुवातमा २१५२ बिन्दुमा रहेको नेप्से अन्तिम समयमा आएर २१८२.११ बिन्दुमा आएर रोकिएको हो । मंगलबार १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर किनबेच भएको छ । जसबाट ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रकमको सेयर कारोबार भएको छ ।
मङ्गलबार तीनवटा कम्पनीले सबैभन्दा बढी नाफा गरेका छन् ।
खासगरी, ग्रीन भेन्चर, आर्दश लघुवित्त वित्तिय संस्था र पिपुल्स हाइड्रोपावरले सबैभन्दा बढी कमाए । प्रभु सेलेक्ट फन्ड र एनआइबीएर समृद्धि फन्ड–२ ले सबैभन्दा बढी नोक्सान ब्यहोरेका छन् । त्यस्तै, सबैभन्दा बढी कारोबार अपि पावर कम्पनी लिमिटेडको भएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १५:४४
प्रतिक्रिया दिनुहोस्