Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘छत्रीवाली’ प्रर्दशनको तयारीमा

मंगलबार, माघ ३, २०७९

काठमाडौँ–बलिउड  फिल्म ‘छत्रीवाली’ प्रर्दशनको तयारीमा रहेको छ । जनवरी २०  मा प्रर्दशनमा आउन लागेको यस फिल्ममा रकुल प्रीत सिंह र सुमित भ्यासको प्रमुख भूमिका छ । 


फिल्म प्रजनन र यौन शिक्षाको विषयमा केन्द्रित छ । फिल्मको ट्रेलर जनवरी ११ मा रिलिज भएको थियो ।

अहिलेसम्म ८० हजार जनाले मात्र ट्रेलर हेरेका छन् । ६ दिन भइसक्दा पनि बलिउडका अन्य फिल्म जस्तो यस फिल्मको ट्रेलरको भिउज कम देखिन्छ । फिल्ममा प्रयोग भएका संवाद परिवारसँग बसेर हेर्न असहज हुने हो की भन्ने पनि देखिन्छ । किशोरावस्था वर्गलाई सन्देश दिने हेतुले यौन शिक्षाका विषयलाई फिल्मले उठाएको छ । 


रकुल प्रीतले विद्यालयमा यौन शिक्षा वैकल्पिक नभई अनिवार्य हुनुपर्ने कुरालाई फिल्ममा उठाएकी छन् । 

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १६:५७
प्रतिक्रिया दिनुहोस्