कृषिमन्त्रीको पहिलो निर्णयः ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गरिने
काठमाडौं– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवर्द्धन तथा लगानी दशक’ घोषणा गर्ने बताएकी छन् । मंगलबार मन्त्रालयमा पदवहाली गरेपछि उनले उक्त दशक घोषणा गर्ने बताइन् ।
कृषिमा लगानी अभिवृद्धि गरी उत्पादन बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ । कृषि लगानी दशक आर्थिक वर्ष २०८०/०८१ देखि २०८९/९० सम्म सञ्चालन हुनेछ । यस्तै मन्त्री साहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णय गरेकी छन् ।
प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९ १८:३६
प्रतिक्रिया दिनुहोस्