Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन्धिखर्कमा भूकम्प आएपछि....

मंगलबार, माघ ३, २०७९

काठमाडौँ– दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो, ‘भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् ।’

 

टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिस भूकम्प आयो ।

 

घर आगो लाग्यो । गुहारगुहार भन्दै बाहिर निस्किए । एकै छिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम आयो । घरमा लागेको आगोलाई निभायो ।  भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो । 


साइरन बजाउँदै त्यसै बखत एम्बुलेन्स आए । च्यापिएको घरबाट निकालिएका घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाइयो । सोही समय दमकल पनि आयो । घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छौं चिन्ता नगर्नु भनेर सहानुभूतिसमेत दिए । 

 

यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृतिम अभ्यासको हो । भूकम्प आउँदा के कस्ता घटना हुन्छन् । र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह आयोजनामा कृतिम अभ्यास गरिको थियो । 

 

साँच्चिकै भूकम्प आएकोजस्तो देखिने दृश्यमा उपस्थित भएकालाई भूकम्पबाट बच्न सकिने उपायका बारेमा डेमो प्रदर्शन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

 

भूकम्प जतिनै बेला पनि आउन सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट कृतिम अभ्यास  गरिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए।  

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २१:५०
प्रतिक्रिया दिनुहोस्