आमा र बहिनीकाे नम्बर ब्लक गरेपछिमात्र श्रीमानसँग बस्न राजी भइन् श्रीमती
काठमाडाैँ – श्रीमान्ले आमा र बहिनीकाे नम्बर ब्लक गरेपछि मात्र श्रीमती उनीसँग बस्न राजी भइन् । घटना भारतकाे हाे । भारतकाे मुरादाबादमा आमाकाे र बहिनीकाे कुरामा आएर श्रीमान्ले दुःख दिएकाे भन्दै प्रहरी समक्ष उजुरी दिएकी थिइन् । प्रहरीले घटना मिलाउन महिला उत्थान केन्द्रमा पठाएकाे थियाे ।
महिला उत्थान केन्द्रले दुबै जनासँग कुराकानी गरेपछि सम्झायाे र उनीहरू एक अर्का सँग बस्न राजी भएका हुन् । अब उप्रान्त श्रीमान्ले आमा र बहिनीकाे माेबाइल ब्लक गर्नु पर्ने छ । केही समय बहिनीकाे घर पनि जान पाउने छैनन् ।
माझोलाको करुला निवासी ती महिलाले आठ वर्षअघि फर्ममा काम गर्ने युवकसँग विवाह गरेको बताएकी छन् । श्रीमान् श्रीमती छोराछोरीसहित भाडाको घरमा बस्छन् । बहिनी र आमाको उक्सामा श्रीमानले उनलाई कुटपिट गरेकाे आराेप ती महिलाले लगाएकी थिइन् ।
घरखर्चका लागि पैसा मागेपछि श्रीमान् घर छाडेर बहिनीको घर हिँडिहाल्ने श्रीमानले आफ्नो व्यवहार परिवर्तन नगरे सम्बन्ध विच्छेद गर्न महिलाले माग गरेकी थिइन् ।
त्यसमा श्रीमानले दुबैको नम्बर ब्लक गरिदिए । त्यसपछि महिला श्रीमानसँग बस्न राजी भइन् । नारी उत्थान केन्द्रका इन्चार्ज सन्दीपा चौधरीले परामर्शपछि दुवै पक्षबीच सहमति भएको बताइन् । श्रीमान श्रीमती सँगै बस्न राजी भएका छन् ।