Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्रकर्मीको कोषमा गायिका झाले गरिन् ५ लाख सहयोग

बुधबार, माघ ४, २०७९

काठमाडौँ – नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गरेकी छन्। साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा ५ लाख १११ सहयोग गरेकी हुन्

 

‘गीत–सङ्गीतमार्फत म र मेरा श्रीमान्ले धेरै माया र साथ पाएका छौँ । नेपाली चलचित्रकर्मीको हितमा स्थापना गरिएको कोषमा केही सहयोग गर्न पाउँदा खुसी लागेको छ, नेपाली गीतमार्फत मैले गायन जीवनमा पाएको उपलब्धि म कहिले भुल्न सक्दिनँ,’ गायिका झाले भनिन् ।  

 

यस्तै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही १ लाख १११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिका संयोजक गीता नेपालले ११ हजार १११ कोषमा सहयोग प्रदान गरेका छन् ।

 

कोषका संयोजक वसुन्धरा भुसालले सहयोगीलाई धन्यवाद दिइन्। ‘यो कोष स्थापना चलचित्रकर्मीकै लागि गरिएको हो । कोषमा ५ करोड जम्मा भइसकेको छ । हाम्रो लक्ष्य १० करोडको छ, उनले भनिन् ।  नेपाली चलचित्र क्षेत्रमा निरन्तररूपमा कार्यरत चलचित्रकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिकरूपले विपन्न एवं असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना गरिएको हो ।  

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्