Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र ‘सरी मम’ बिहीबारबाट प्रदर्शनमा आउँदै

बुधबार, माघ ४, २०७९

काठमाडौँ–चलचित्र ‘सरी मम’ विभिन्न अफरहरूका साथ बिहीबारबाट प्रदर्शनमा आउँदै छ ।


चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो ।


चलचित्रको प्रदर्शन मिति नजिकिएसँगै निर्माण पक्षले चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफर राखेका हुन् । चलचित्र बिहीबारबाट उपत्यकाभित्र मात्र प्रदर्शनमा आउने भएको छ ।


चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको बताइएको छ ।


अर्का अफर चलचित्रको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट लिएर अस्पताल पुग्नुपर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।


एनएफआई क्रियशनको ब्यानरबाट बनेको चलचित्रका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन् ।


नविन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ ।


चलचित्रको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन् । दिर्घ गुरुङले छायांकन गरेको चलचित्रलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन् । 


लागूऔषध दुव्र्यसनविरुद्धको कथामा तयार भएको चलचित्रले किशोरावस्था र युवापुस्ताका दर्शकलाई आकर्षण गर्ने अपेक्षा चलचित्रले राखेको छ ।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्