Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्बालेसलाई हराउँदै जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा

बुधबार, माघ ४, २०७९

काठमाडौँ– सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।


मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको पहिलो चरणको खेलमा स्पेनका रोबर्टो कार्बालेस बेनालाई हराउँदै जोकोभिच दोस्रो चरणमा पुगेका हुन् ।


रोबर्टो विरुद्धको खेल ९ पटकका अष्ट्रेलियन ओपन च्याम्पियन जोकोभिचले ६–३, ६–४ र ६–० ले जिते ।


३५ वर्षीय जोकोभिचले गत वर्ष कोभिडको खोप नलगाएको कारण अष्ट्रेलियन ओपन खेल्न पाएका थिएनन् । करियरमा २१ वटा ग्रान्डस्लाम उपाधि जितेका जोकोभिच यसपटक राफयल नादालको किर्तीमान बराबरी गर्न २२ औं उपाधिको खोजीमा छन् ।


अष्ट्रेलियन ओपन टेनिसकै अर्को खेलमा पेरुका हुँवा कार्लोसा भारेलासलाई ३–२ को सेटमा हराउँदै जर्मनीका अलेक्जेण्डर भेरेभ पनि दोस्रो चरणमा उक्लेका छन् ।


यस्तै, महिलातर्फ स्विट्जरल्याण्डकी बेलीन्दा बेन्सीक, ट्युनिसियाकी ओन्स जाबर, चेक गणतन्त्रकी क्यारोलिन प्लीस्कोभा र बेलारुसकी अरिना साबालेंका पनि दोस्रो चरणमा उक्लिएका छन् ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:३०
प्रतिक्रिया दिनुहोस्