Nic Ad Nic Ad
Nic Ad Nic Ad

गीतकार संघको अध्यक्षमा थापा

बुधबार, माघ ४, २०७९

काठमाडौँ–गीतकार संघको अध्यक्षमा वसन्त वित्यासी थापा निर्वाचित भएका छन् । गीतकार संघको छैटौं अधिवेशन तथा तेह्रौं साधारणसभाबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।


यस्तै उपाध्यक्षमा रमेश कोइराला, महासचिवमा टीका राई ‘शिव’, सचिवमा शित्तल कादम्बिनी र कोषाध्यक्षमा चेतन खतिवडा निर्वाचित भएका छन् ।


यसैगरी सदस्यमा कमल पौडेल, राधा पाण्डे गिरी, जीवन मुकारुङ, भगवती रोक्का ‘भूमिका’, तिब्बतबहादुर दर्लामी र सुरेन्द्र थपलिया निर्वाचित भएका छन् ।


उपाध्यक्ष र महासचिव पदबाहेक अन्य सबै सदस्य निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा विपिन किरण र महासचिवमा महेश आचार्यले उम्मेदवारी दिएका थिए ।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्