Nic Ad Nic Ad
Nic Ad Nic Ad

क्रोएसिया जान लागेका २१ नेपाली ५१ हजार युरोसहित पक्राउ (नामसहित)

बुधबार, माघ ४, २०७९

काठमाडौँ–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ जना युवा पक्राउ परेका छन् । उनीहरू दुबई हुँदै क्रोएसिया जान लागेका थिए ।


उनीहरूलाई युरो बोकाएर पठाउन खोजेको आरोपमा त्रिभुवन विमानस्थलबाहिरबाट पदमबहादुर विश्वकर्मा पक्राउ परेका छन् । उनको साथबाट १ लाख २० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।


फ्लाई दुबईको विमानमार्फत उनीहरू मङ्गलबार क्रोएसिया जान लाग्दा ह्यान्ड ब्याग चेकिङ एरियामा भएको स्क्रिनिङमा अवैध रकम फेला परेको प्रहरीले जनाएको छ । उनीहरू जनशक्ति इन्टरनेशनल सर्भिस प्रालि बसुन्धराबाट क्रोयसियाका लागि हिँडेका थिए । उनीहरू वर्किङ भिसामा त्यहाँ जान लागेको बताइएको छ । 


उनीहरूको साथबाट बरामद भएको युरो स्वीकृति नलिइकन लगेको पाइएपछि प्रहरीले सोधपुछ गर्दा विश्वकर्माले पठाएको बताएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ ।


२१ जनाको साथबाट ५१ हजार ३५० युरो बरामद भएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ । क्रोएसिया जान लागेका सबै पुरुषहरु हुन् ।


प्रहरीका अनुसार पक्राउ परेका विश्वकर्मा म्यानपावर व्यवसायी हुन् । उनैले ती २१ जनालाई क्रोएसियाको एक कम्पनीका लागि रोजगारीमा पठाउन लागेका थिए ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १४:३०
प्रतिक्रिया दिनुहोस्