Nic Ad Nic Ad
Nic Ad Nic Ad

चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार हुँदैनः स्वर्णीम वाग्ले

बुधबार, माघ ४, २०७९

काठमाडौँ– अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने बताएका छन् ।

 

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको भन्दै विदेशमा चाउचाउ,स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर निर्यातमा सुधार गर्न नसकिने बताएका हुन्।

 

उनले निर्यातमा नेपालको अवस्था निकै चिन्ताजनक भएपनि सम्भावना पनि धेरै रहेको बताए । उनले नेपाल विप्रेषणमा धेरै निर्भर भएको र यसबाट तत्काल हटाउन नसके पनि नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने बताए । उनले सरकारले अनुदान सोचेजति उठाउन नसकेको बताए । उनले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बताए ।

 

वाग्लले सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढ्नुपर्ने बताए । उनले नेपालमा ४ लाख ८० हजार कर्मचारी रहेको र नेपालीले उठाएको कर कर्मचारीलाई तलव भत्ता दिँदैमा सकिने अवस्था रहेको बताए । 

 

उनले बाहलवाला कर्मचारीलाई तालिम दिएर राजश्व संकलन नबढ्ने भन्दै कर्मचारीलाई तालिम भन्दा पनि चार्टर एकाउन्टेण्ट (सीए) हरुलाई हायर गरेर काम गर्ने हो भने राजश्व बढाउन सकिने बताए । उनले कर्मचारीलाई तालिम दिएर राजश्व बढाउने सोच पुरानो भएको बताए । 

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २१:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार