यस्तो छ अन्य देशकाे विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १२९ रूपैयाँ ६९ पैसा र बिक्री दर १३० रूपैयाँ २९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ८८ पैसा र बिक्री दर १४१ रूपैयाँ ५३ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ २६ पैसा र बिक्री दर १६१ रूपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ४९ पैसा र बिक्री दर ३५ रूपैयाँ ६६ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ०७ पैसा र विक्रीदर ३० रूपैयाँ ११ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ५३ पैसा र बिक्री दर ३४ रूपैयाँ ६९ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ ०६:२६
प्रतिक्रिया दिनुहोस्