Nic Ad Nic Ad
Nic Ad Nic Ad

ब्राजिलको राष्ट्रपति निवासमा भएको दङ्गा रोक्न नसकेको आरोपमा ४० सुरक्षाकर्मी बर्खास्त

बिहीबार, माघ ५, २०७९

काठमाडौँ – ब्राजिलमा जनवरी ८ मा सरकारी भवनमा तोडफोड गर्ने प्रदर्शनकारीविरुद्ध कुनै कदम नचालेको आरोपमा ४० जना सैनिकलाई हटाइएको छ । 

    
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कर्तव्यपालन गर्न असमर्थ भएको भन्दै राष्ट्रपति निवासको सुरक्षामा रहेका ४० जना सैनिकलाई मङ्गलबार हटाएको सिड्नी मर्निङ हेराल्ड (एसएमएच) ले जनाएको हो ।

    
ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोको गत अक्टोबरमा भएको निर्वाचनमा भएको पराजयलाई उल्टाउने प्रयासमा सरकारी भवनमा धावा बोल्ने हजारौँ व्यक्तिमध्ये ३९ जनालाई ब्राजिलका महान्यायाधिवक्ताले मुद्दा चलाएपछि उनको निर्णय सरकारको आधिकारिक राजपत्रमा प्रकाशित भएको थियो ।

    

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  ०७:२६
प्रतिक्रिया दिनुहोस्