विपिन कार्की ‘भगवत् गीता’मा अनुबन्धित
काठमाडौँ–झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन् ।
निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रूपमा देखिंदैछन् । चलचित्रको माघ २० गतेदेखि छायांकन हुँदैछ । चलचित्र जनकपुर र मनाङ आसपासमा छायांकन हुनेछ ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९ १०:२८
प्रतिक्रिया दिनुहोस्