Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसद्मा रविको दाबी : देवराज घिमिरेले गौरवमय इतिहास बनाउनेछन्

बिहीबार, माघ ५, २०७९

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरेले राजनीतिक जीवनमा गौरवमय इतिहास कायम गरेकाले सभामुख पदका लागि योग्य उम्मेदवार भएको बताएका छन् । 

 

बिहीबारको संसद् बैठकमा सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै लामिछानेले घिमिरे संसदीय मर्यादा कायम राख्न सक्षम रहेको बताएका हुन् । 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेको लामिछानेले सभामुखका उम्मेदवार घिमिरेले संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नेमा आफू विश्वस्त रहेको बताए । 

 

त्यसबाहेक,लामिछानेले आगामी दिनमा कुनै दलको स्वार्थमा रहेर नभई आमनागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्ने अवस्था रहेको बताए । 

 

आगामी दिनमा लाभ–हानिको हिसाब नगरी जनताको पक्षमा काम गर्नुपर्ने चुनौती रहेको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १२:४७
प्रतिक्रिया दिनुहोस्