Nic Ad Nic Ad
Nic Ad Nic Ad

यातायात प्राधिकरण गठन गर्न माग

बिहीबार, माघ ५, २०७९

काठमाडौँ –नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अधिकार सम्पन्न यातायात प्राधिकरण गठन गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वको टोलीले बिहीबार भेट गरेर सरोकारवाला निकायको सहभागितासहित प्राधिकरण गठन गर्न माग गरेको हो ।


महासङ्घले यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्राधिकरण गठन गर्न आग्रह गरेको छ । व्यवसायीले २० वर्षे पुराना सवारी साधनलाई यान्त्रिक परीक्षण गर्नुपर्ने, सवारीको अवस्था हेरेर मात्रै सञ्चालन गर्न दिनुपर्ने मागसमेत गरेको महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले जानकारी दिए ।


भेटमा प्रधानमन्त्री दाहालले यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले साझा कार्यक्रमका रूपमा लिएकाले यातायात व्यवसायीले राखेका माग चाँडो पूरा हुने जानकारी दिए । उनले यातायात क्षेत्रको समस्याको समाधानका लागि प्रयासरत रहेको जनाउँदै समस्याको चाँडो निकास हुने बताए । 

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:२८
प्रतिक्रिया दिनुहोस्