Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा आयोजित ‘अटो एक्स्पो २०२३’ सम्पन्न

बिहीबार, माघ ५, २०७९

काठमाडौँ–भारतमा भएको १६ औं ‘अटो एक्सपो २०२३’ सम्पन्न भएको छ । २९ पुसदेखि सुरु भएको ‘अटो एक्सपो २०२३’ ४ माघमा भारतको नयाँ दिल्लीमा सम्पन्न भएको हो ।


नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले प्रदर्शनीको अवलोकन भ्रमण गरेको थियो । नाडाका केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरू सहित १५० भन्दा बढी सदस्यहरूले प्रदर्शनीको अवलोकन गरेका थिए ।


प्रदर्शनीको प्रमुख आयोजक सोसाइटी अफ इण्डियन मेनु फेक्चरिङ एशोसिएशन (सियाम)ले पहिलो पटक इन्डिया  एक्स्पो मार्ट, ग्रेटर नोइडामा आयोजना गरेको ‘अटो ट्रेड डायलग’ मा नाडाका अध्यक्ष ध्रुव थापाले नेपालको अटोमोवाइल क्षेत्रको चुनौति र समस्याहरूका बारेमा आफनो धारणा राखेका थिए भने नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले ‘नेपाल अटो मार्केट एण्ड पोलिसी ट्रेण्ड’ विषयमा प्रस्तुति दिएका थिए ।  


त्यसैगरी सो डाइलग कार्यक्रममा सिलोन मोटर टे«डर्स एशोसिएशनका सभापति चराका पिरेरा, बंगलादेश अटोमोवाइल एसेम्बलर एण्ड मेनुफेक्चरिङ्ग एशोसिएशनका अध्यक्ष अब्दुल मतलुब अहमदलेसमेत आफनो देशको अटोमोवाइल व्यवसायका चुनौतिहरू बारे चर्चा गरेका थिए ।


डाइलगको सेसन मोडरेटर सियामका स्ट्र«याटिजी ब्राण्ड एण्ड कम्मुनिकेशन, भि.इ कमर्सियल भेहिकल्सका सिनियर भाइस प्रेसिडेण्ट भगवान विण्डीगनाभिले गरेका थिए । डाइलगमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी, आकाश गोल्छा तथा यमुना श्रेष्ठ समेतको उपस्थिति थियो । 


यसैक्रममा अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनले दिल्लीको प्रगति मैदानमा आयोजना गरेको १६ औं अटो एक्सपो (कम्पोनेण्टमा) पनि नाडा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूले अवलोकन भ्रमण गरेका थिए ।

यसबाट नाडाको सियाम र एक्मा बीचको पारस्परिक सम्बन्ध थप मजबुत भएको छ । नाडाले पनि हरेक वर्षको दशै अगाडी काठमाडौँको भुकृटी मण्डपमा नाडा अटो शो सम्पन्न गर्दे आएको छ ।  

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्