५.७१ अकंकले बढ्यो नेप्से, कारोबार रकम भने खुम्चियो
काठमाडौँ– साताको तेस्रो दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५.७१ अकंकले बढेको छ । बिहीबार २१७५.३ बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचक २१७८.८१ बिन्दुमा आएर कारोबार बन्द भएको छ । सो दिन सेयर बजारमा ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख २९ हजार रकम बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन अर्थात बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ । बुधबार भने ४ अर्ब ९२ करोड बराबरको सेयर कारोबार भएको थियो । उक्त दिन सेयर ९.०१ अकंले गिरावट आउँदा पनि कारोबार रकममा भने उछाल देखिएको हो । तर, बिहीबार आइपुग्दा भने सेयर कारोबार ३ अर्बमा झरेको देखिन्छ ।
बु्धबार आर्दश लघुवित्त वित्तिय संस्थ लिमिटेडले सबैभन्दा बढी नाफा कमाएको छ भने मैलुङखोला जलविद्युत् कम्पनी र नेपाल पूर्वाधार बैंकले पनि नाफा बुक गरेका छन् । सो दिन कुमारी धनवृद्धि योजना, लक्ष्मी लघुवित्त, सिटिजन्स म्युचुअल फन्ड–२ का लगानीकर्ता सबैभन्दा बढी घाटा ब्यहोरेका छन् । त्यस्तै, एनआइसी एसिया बैंकले सबैभन्दा बढी कारोबार गरेको छ ।