Nic Ad Nic Ad
Nic Ad Nic Ad

गलत डिजाइनमा लिफ्ट बनाइयो भन्दा हिड्न जानिन भन्ने आरोप लगाएः रजक

बिहीबार, माघ ५, २०७९

काठमाडौं– त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नयाँ टर्मिनल भवनको आगमनतर्फ  राखिएको  विद्युतीय  भर्याङ असजिलो र अस्वभाविक भएको भन्दै यात्रुले गुनासो गर्ने गरेका छन् ।

 

सो भर्याङ असजिलो भएको र आफू दर्घटनामा परेको भन्दै नायिका उषा रजकले पनि सार्वजनिक रुपमा आवाज उठाएकी छन् । रजकले त आफू सो भर्याङमा दुर्घटनामा नै परेको पनि बताएकी छन् ।

 

नायिका रजकले एक भिडियो सामाजिक सञ्जालमा राख्दै सो भर्याङमा असजिलोपन देखाएका साथै सो भर्याङमा भएको दुर्घटना समेत देखाएकी छन् । उनी पनि सोही दुर्घटनामा परेकी थिइन् । उनको भिडियोमा धेरै यात्रुहरु रुदै र चिच्चाउदै उनीसँगै लडेको दृश्य देख्न सकिन्छ । रजकले लिफ्टको डिजाइन गलत भएको दाबी पनि गरेकी छन् । र, लिफ्ट बनाउदा भ्रष्टाचार भएको उनको आरोप छ ।

 

यो विषय सामाजिक सञ्जालदेखि व्यापक बहसमा आएको छ । यही विषयमा प्रष्ट हुनको लागि हामीले नायिका रजकसँग खासमा सो दिन के भएको थियो भनेर सोधका छौं । उनले आफू विदेशबाट नेपाल फर्कदै गर्दा घटना घटेको र सो घटनामा आफू पनि परेको बताएकी छन् ।

 

‘अगाडिको मानिस एकजना ठोकिएर लड्नु भयो र हामी पालैपालो लड्यौं,  मसँगै लिफ्टमा रहेको सानो बच्चा नराम्ररी थिचिएको थियो, लड्दा एकअर्काको सुटकेसले एकएर्कालाई थिचेको थियो,’ उनले भनिन् । सो समयमा बच्चदेखि जेष्ठ नागरिकसम्मले यात्रा गरिरहेको र सबैजना दुर्घटनामा परेको उनले बताइन् ।

 

‘त्यो लिफ्टमा बच्चादेखि बृद्ध उमेरसम्मका मानिस थिए, प्रायः सबैलाई चोटपटक लाग्यो र मेरो खुट्टामा पनि समस्या भएको छ, यो एकदम ठुलो समस्या हो,’ उनले क्यानडानेपालसँग भनिन् । त्यस लिफ्टको  क्षमता कति हो भन्नेसम्म पनि जानकारी नदिइएको उनको भनाई छ । ‘ठाउँ खाली छ भनेर जति जनालाई पनि जान दिने ? यस्तो पनि हुन्छ ?’ नायिका रजकले प्रश्न गरिन् ।

 

विमानस्थलमा भएको नराम्रो काम र यात्रु असुरक्षा बारे आफूले प्रश्न उठाउँदा उल्टै आफैलाई लखेटिएको उनको आरोप छ । ‘धेरै जनाले सामाजिक सन्जालमा तँलाई हिँड्न आउदैन ? तँलाई लिफ्ट प्रयोग गर्न आएन भनेर मेरो आवाजलाई मजाक बनाएका छन्, सबैले भोग्नु परेको समस्याको बारेमा मैले आवाज उठाएकी मात्रै हूँ,’ रजकले भनिन् ।

 

आफू बैंककबाट नेपाल आउँदा सो घटना घटेको उनको भनाई छ । उनका अनुसार विमानस्थलका ३ वटै  लिफ्टमा यात्रुहरुको कोचाकोच अवस्था थियो । लाखौँ संख्यामा यात्रु आउने हँदा लिफ्ट अपुग भएको उनले बताएकी छिन् । 

प्रकाशित मिति: बिहीबार, माघ ५, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्