सूर्य ज्योतिको ‘न्यानोपन’ अभियानअन्र्तगत असहाय, बालबालिका र बृद्धबृद्धालाई न्यानो कपडा वितरण
काठमाडौँ–हाल देशमा बढिरहेको जोडालाई मध्यनजर गर्दै सुर्य ज्योती लाइफ इन्सोरेन्सले न्यानोपन अभियान सञ्चालन गरेको छ । जसअन्र्तगत कम्पनीले देशका विभिन्न स्थानमा कम्बल तथा न्यानो कपडा वितरण गरेको हो ।
सुर्य ज्योतीले अवलम्बन गरेको ७ तत्वमध्ये न्यानोपनलाई आत्मसात गर्दै चिसोको कहरबाट बच्न असहाय, बालबालिका,बृद्धबृद्धा तथा बिपन्न बर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।
उक्त कार्यक्रममा सूर्य ज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरु अपनाउन अनुरोध गर्दै कम्बल तथा न्यानो कपडा वितरण गरेकोछ।
सूर्य ज्योतिको उक्त कार्यक्रम ललितपुरक्षेत्रका क्षेत्रीय प्रबन्धक लक्ष्मी शाक्य तथा सातदोबाटो शाखाका शाखा प्रमुख लोईस थापाद्वारा नेपाल स्नेहीकाख र सत्प्रयास नामक संस्थामा सञ्चालन गरिएको थियो।साथै, गुल्मीमा, बौद्धिक÷बहिरा, अपङ्गता भएका विधार्थी भाईबहिनीहरुलाई न्यानो कपडा वितरण र माझिगाँउ बलिथुमका बिपन्न परिवारहरुलाई न्यानो कपडा वितरण गरि सम्पन्न गरिएको थियो।