Nic Ad Nic Ad
Nic Ad Nic Ad

फरक बाबुका जुम्ल्याहा बच्चा, डिएनए मिलेपछि आमा आफै छक्क !

शुक्रबार, माघ ६, २०७९

काठमाडाैँ – जुम्ल्याहा बच्चाका बाबु फरक फरक छन् भन्ने सुनेपछि पत्याउनु हुन्न हाेला । ब्राजिलकाे पछिल्लाे घटनाले चिकित्सा विज्ञान पनि चकित छ ।

 

लाखाैँमा १ हुने याे केस विश्वकाे २०औँ घटना हाे । विशेषगरी सन्तानको गर्भधारण र उनीहरुको जन्म एउटा यस्तो प्रक्रिया हो, जुन कहिलेकाहीँ यस्ता घटनाको साक्षी बन्ने गर्छ, जसलाई देखेर सुन्दा मानिस स्तब्ध हुन्छ । यस्तै एक आमा र जुम्ल्याहाको कथा ब्राजिलबाट आएको छ, जुन असाधारण छ ।

 

जुम्ल्याहा बच्चाका बाबु फरक निस्किएका १९औँ घटना यस अघि नै सार्वजनिक भएका छन् । यस्तो अवस्थालाई चिकित्सा विज्ञानको भाषामा हेटेरोपेरेन्टल सुपरफेकन्डेशन भनिन्छ। सामान्यतया जुम्ल्याहा बच्चाको बाबु एउटै हुन्छ तर संसारमा करोडौं मध्ये एउटा यस्तो केस छ, जसमा सँगै जन्मेका बच्चाहरुका जैविक पिता फरक हुन्छन् । ब्राजिलकी एउटी आमासँग यस्तै भएको छ ।

 

आमालाई बच्चाको बाबुप्रति शंका थियो ब्राजिलमा बस्ने १९ वर्षीया युवतीले जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । यी मध्ये एक बच्चाको अनुहार उसले आफ्नो बुबाको रूपमा लिएको व्यक्तिसँग मेल खाएन। यस्तो अवस्थामा उनले बालबालिकाको डीएनए परीक्षण गराइन् ।

 

परीक्षणमा ती पुरुष एक सन्तानको जैविक पिता भएको पाइएको थियो भने अर्का बच्चाको रिपोर्ट नेगेटिभ आएको थियो । युवतीले अर्का व्यक्तिसँगको सम्बन्धको कुरा सम्झेपछि आफूसँग मिलेको अर्को बच्चाको डीएनए मिल्यो । यस प्रकारको अवस्थालाई हेटेरोपेरेन्टल सुपरफेकन्डेशन भनिन्छ।

 

डा. टुलियो जर्ज फ्रान्कोका अनुसार विश्वमा हेटेरोपेरेन्टल सुपरफेकन्डेसनको यो २० औँ केस हो। पोर्चुगलको न्युज आउटलेटका अनुसार आमाको दुईवटा अण्डालाई दुई फरक पुरुषको शुक्रकीटले निषेचित गर्दा यस्तो गर्भावस्था हुन्छ। तिनीहरूको आनुवंशिक सामग्री आमाको जस्तै हो तर प्लेसेन्टा फरक छ।

 

यस्ता घटना मानिसमा कम तर कुकुर, बिरालो र गाईमा बढी देखिन्छन्। यदि जुम्ल्याहा बच्चा जन्मनुअघि पितृत्व परीक्षण गराइयो भने यसले गर्भपतनको जोखिम बढाउँछ। यस्तो अवस्थामा छिट्टै काम गर्न कोही चाहँदैनन् ।

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्