Nic Ad Nic Ad
Nic Ad Nic Ad

सरिता लामिछाने अभिनित ‘सरी मम’ले पाएन दर्शक, मल्टिप्लेक्समा एउटा मात्रै शो

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ –सरिता लामिछाने, सरोज खनाल, प्रभात पलको मुख्य भूमिका रहेको फिल्म ‘सरी मम’ प्रदर्शनमा आएको छ । 


नविन बोगटीको निर्देशन रहेको उक्त फिल्म बिहीबारबाट प्रदर्शनमा आएको हो । तर, राजधानीका ठूला मल्टिप्लेक्समा भने यो फिल्म लागेको छैन् । 


लागुऔषध दुव्र्यसनीको विषयलाई समेटिएको यस फिल्ममा लामिछाने, खनाल र पलबाहेक सबै नयाँ कलाकार छन् । 


फिल्ममा युवावर्ग कसरी कुलतमा फस्छन र त्यसबारे अभिभावक कसरी सचेत हुने भन्ने बुझाउन खोजिएको फिल्मका कार्यकारी निर्माता विनोद लामाले बताए । निर्माण पक्षले मल्टिप्लेक्समा फिल्म लगाउन खोजे पनि हल सञ्चालकहरूले भने हटाउन थालेको लामाले बताए । 


‘हामीले मल्टिप्लेक्समा फिल्म नलगाएको होइन । हल सञ्चालकहरूले नै हटाइदिन थालेका छन्’, लामाले भने । 


फिल्मले अहिलेसम्म एउटा मात्रै शो मल्टिफ्लेक्स्मा पाएको पनि लामाले बताए । ‘हामीलाई हलले नै अहसयोग गरेजस्तो लागेको छ । हलले फिल्मका पोस्टरहरू टाँस्न मानेको छैन । दुई वटा टिकटमा एउटा निःशुल्क दिँदा पनि दर्शक आएका छैनन्’, लामाले भने । 


चलचित्रले दुइटा टिकट किन्दा एउटा सित्तैमा दिइने अफर ल्याएको हो ।


चलचित्र हेर्ने दर्शकलाई विभिन्न अफर राखिएको छ । चलचित्र प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको हो ।


अर्का अफर चलचित्रको टिकटमा वसुन्धरामा रहेको चिरायु अस्पतालमा स्वास्थ्य परीक्षणमा ५० प्रतिशतसम्म छुट पनि राखिएको छ । छुटका लागि चलचित्रको टिकट अस्पताललाई देखाउनु पर्नेछ । निर्माण टिम र अस्पतालबीच यो पनि सम्झौता भएको हो ।


फिल्म हेरेका दर्शकले भने राम्रो भनेर प्रतिक्रिया दिएको लामाको दाबी छ ।


अहिले काठमाडौं उपत्यकामा मात्रै रिलिज गरेको फिल्म उपत्यका बाहिर पनि लैजाने योजना रहेको उनले बताए । 


लामाका अनुसार, फिल्म निर्माणमा करीब ४५ लाख रूपैयाँ लगानी भएको छ । तर, फिल्मले भने औसत व्यापार पनि गर्न सकेको छैन् । 

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १२:५०
प्रतिक्रिया दिनुहोस्