Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री प्रचण्डले श्रम सचिवलाई ‘क्रान्तिकारी’ भने पछि रोजगार व्यवसायी गलल हाँसे

शुक्रबार, माघ ६, २०७९

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सघको २९ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एक नारायण अर्यालले वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने वैदेशिक रोजगार ऐन २०६४ झन्झटिलो भएका कारण परिमार्जन गर्नुपर्ने बताएका छन् । 


उनले ऐनका कारण यस क्षेत्रमा कतिपयलाई काम गर्ने समस्या भइरहेको बताउँदै रोजगारी ऐन तत्काल संशोधन गर्नु पर्ने बताए ।
संघको साधारण सभामा प्रमुख अथिति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उनले ध्यनाकर्षण समेत गराए ।


‘वैदेशिक रोजगारीलाई युरोप र विकाशित देशतरि सिफ्ट गर्नुपर्ने भन्दै हामीले प्रयास गरिरहेका छौं । अहिलेको ऐनले त्यो सम्भावना छैन । जसका कारण यो ऐन सशोधन गर्नुपर्छ,’ उनले भने, ‘अहिले परिर्वतनकारी प्रधानमन्त्री देशको नेतृत्वमा आउनुभएको छ । त्यही भएर यस क्षेत्रलाई प्रधानमन्त्रीले राम्रो बुझनु भएको छ । अब यस क्षेत्रका समस्या समाधान हुन्छन् ।’


श्रम सचिव अर्यालले वैदेशिक रोजगारी क्षेत्रमा सुधारका लागि धेरै काम गरिरहेको र देश–विदेशमा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोषको कार्यक्रममा ल्याउने प्रयास भइरहेको जानकारी दिए । उनले सरकारले धेरै काम गरिरहेको तर, समस्या धेरै भएका कारण भनेजस्तो नतिजा ल्याउन नसकेको स्वीकार गरे ।


वैदेशिक रोजगारी क्षेत्र समस्याले घेरिएको छ । यहाँ समस्या धेरै छन् । त्यही भएर समाधानका लागि कानुनी समस्या भइरहेको छ। उनको भनाइ छ ।


प्रधानमन्त्री प्रचण्डले संघको साधारण सभालाई सम्बोधन गदै श्रम मन्त्रालयका सचिव अर्यालतिर हेदै ‘म्यानपावर व्यवसायीले क्रान्तिकारी सचिव पाउनु भएको छ । अब उहाँले तपाईहरुका समस्या समाधान गर्ने कानुन बनाउँदै संशोधन गर्न खोज्दै हुनुहुँदो रहेको’ भनेपछि कार्यक्रममा उपस्थिथित सबै म्यानपावर व्यवसायी गलल हाँस्दै ताली बजाएका थिए ।


प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगार क्षेत्र बुझेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थितसँगै तपाईहरुले कल्पना गरेभन्दा राम्रो सचिव पाउनुभएको बताए । 


‘देशको अर्थतन्त्रमा तपाईहरुको योगदान अतुलनीय छ । वैदेशिक रोजगारी क्षेत्रमा आफनो ध्यान रहेको र यो क्षेत्रका कानुनी समस्या समाधान गर्ने  पहल गर्ने छु,’ उनले भने, ‘तपाईहरु पनि इमान्दार भएर काम गर्नुहोस् । कानुन परिमार्जन हुन्छ । तर, विकृत्ति चाँही तपाईहरु रोक्नुहोस ।’ देशको अर्थतन्त्रमा योगदान छ भन्दैमा विकृत्ति सिर्जना गर्ने नपाइने प्रधानमन्त्रीले सुझाव दिए ।


यस्तै, वैदेशिक रोजगारीलाई विधि र रोजगारी ऐनभित्र बसेर चलाउन श्रम मन्त्री अर्यालले व्यवसायीलाई सुझाव दिए । ‘कानुनभन्दा माथि कोही छैन । त्यही भएर कानुन मिचेर काम गर्ने छुट कसैलाई छैन’, उनको भनाइ थियो । 


संघको साधारणले ४ वर्षका लागि नयाँ पदाधिकारी चयन गर्ने छ । संघको साधारण सभा हरेक ४ वर्षमा हुने गरेको छ । 


कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङ, एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र माओवादी केन्द्रनिटक वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसी चुनावी मैदानमा छन् ।

हेर्नुहोस, भिडियो

प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्