टाइगर प्यालेसले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतले दियो आदेश
काठमाडौँ–पाँच तारे टाइगर प्यालेस रिसोर्टले मिचेको सार्वजनिक जग्गा खाली गर्न अदालतले आदेश दिएको छ । रूपन्देहीको तिलोत्तमामा रहेको उक्त रिसोर्टले ओगटेको जग्गा खाली गर्न जिल्ला अदालत रूपन्देहीले आदेश दिएको हो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेकोले खाली गर्न भन्दै स्थानीयले दिएको निवेदन उपर बादी दाबी पुग्ने आदेश गरेको हो।
रिसोर्टले तत्कालीन भैरहवा लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दायर गरेका थिए।
प्रकाशित मिति: शुक्रबार, माघ ६, २०७९ १८:५५
प्रतिक्रिया दिनुहोस्