नेभिगेशन
समाचार

हिजो बोलेका शब्द–शब्दको हेक्का छः गृहमन्त्री लामिछाने

मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भोट माग्दा गरेका वाचाहरुको हेक्का रहेको भन्दै मिडियाको हेडलाइन भन्दा जनताको लाइफलाइन बदल्न मेहनत गरेको बताएका छन् ।

 

शनिबार गृहमन्त्री लामिछाने सामाजिक सञ्जालमा पोष्ट गर्दै यस्तो बताएका हुन् । उनले यसअघि बोलेका शब्द–शब्दको हेक्का रहेको बताउँदै भोट माग्दा गरेका वाचाहरुको समेत हेक्का रहेको बताएका हुन् ।

 

‘पुराना फरारहरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ । हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरुको हेक्का छ’, उनले अगाडी लेखेका छन्, ‘मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ थोरै पर्खिनु चाहिँ पर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार