Nic Ad Nic Ad
Nic Ad Nic Ad

सभामुख घिमिरेले बोलाए सर्वदलीय बैठक

सर्वदलीय बैठक अहिले ११ बजे संसद् भवनमा बस्ने
शनिबार, माघ ७, २०७९

काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाएका छन् ।

 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । 

 

सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाएको यो पहिले सर्वदलीय बैठक हो । उनी यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्