Nic Ad Nic Ad
Nic Ad Nic Ad

दरम खोला हाइड्रोको शेयर निष्काशन गरिने

शनिबार, माघ ७, २०७९

काठमाडौँ –लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको शेयर निष्काशन गर्ने भएको छ ।


१०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैया बराबरको ३९ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छ् ।


दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका –११ मा ९ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन ८० प्रतिशत कार्य सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १२:४३
प्रतिक्रिया दिनुहोस्