Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्दिरा रानामगर उपसभामुख निर्वाचित

शनिबार, माघ ७, २०७९

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित भएकी छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रानामगरले १६६ मत पाएर उपसभामुख निर्वाचित भएकी हुन् । 


उनलाई सत्तारुढ दलका सांसदहरुले मत दिएका थिए ।  उनका प्रतिस्पर्धी कांग्रेसकी सांसद मुक्ताकुमारी यादवले भने ७७
मत मात्रै पाइन् ।  प्रतिनिधि सभामा ३६४ सांसदको उपस्थिति थियो । त्यस्तै, १ जना तटस्थ बसे । 

 

उनको पक्षमा कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलहरुले मात्रै मत दिएका थिए । उपसभामुख निर्वाचित रानामगर बालबालिकाको अधिकार र संरक्षणको क्षेत्रमा काम गर्दै आएकी थिइन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार बनाएको थियो । 

 

रानामगर झापा क्षेत्र नम्बर २ की स्थानीय बासिन्दा हुन् । प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गरेका छन् । सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र पनि झापा क्षेत्र नम्बर २ नै हो । 

अर्को बैठक माघ १० गते बस्नेछ ।

 

 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्