Nic Ad Nic Ad
Nic Ad Nic Ad

असार ५ मा साफ च्याम्पियनसिप गर्ने प्रस्ताव

शनिबार, माघ ७, २०७९

काठमाडौँ – बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ ।


दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो ।


साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ ।


माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र नेपाल उपविजेता बनेको थियो ।
 

 

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्