२०९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
पोखरा –मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा २०९ जना विद्यार्थीलाई कुल १२ लाख २१ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएको छ ।
कुनै पनि दाताको सहयोग बिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपालि समता शिक्षा निकेतनका १९२ र आनन्दज्योति माविमा जेटिए अध्ययनरत ११ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्व मन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए ।
अनुसार प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६२५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको छ ।
समता शिक्षा निकेतन मासिक १०० रुपैयाँमा अध्यापन हुने विद्यालय हो ।
पोखराको यो विद्यालयमा १ देखि १० कक्षासम्म अध्यापन हुन्छ । १ हजारभन्दा बढी विद्यार्थी विद्यालयमा अध्ययनरत छन् । यसपालि समताका शिक्षा निकेतनको पोखरास्थित विद्यार्थीका लागि प्रतिविद्यार्थी ४ हजार रुपैयाँ र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय रुपैयाँ र आनन्दज्योतिका प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले बताए ।