सातौं म्याग्दी महोत्सव सम्पन्न
म्याग्दी–सातौं म्याग्दी महोत्सव शनिबार सम्पन्न भएको छ ।
महोत्सव २८ पुसदेखि सुरु भएको थियो । माघे संक्रान्ति मेला एवं गण्डकी प्रदेश स्तरीय कृषि, औद्योगिक व्यापार मेला उद्योग वाणिज्य संघ म्याग्दीको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म सञ्चालन भएको हो । मेलामा १० करोडको आर्थिक कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए ।
महोत्सवको अवसरमा प्रदर्शन गरिएका विभिन्न संघ संस्था र जनजातिको झाँकी, भेष भूषा र नृत्यले जिल्लाको कला संस्कृतिलाई चिन्न र जगेर्ना गर्न मदत पु¥याएको महोत्सवको सांस्कृतिक विभाग संयोजक सुविन श्रेष्ठले बताए ।
महोत्सवमा कृषि प्रदर्शनी, कालीगण्डकी नदीमा ¥याफ्टिङ, महिला पुरुष भलिबल, बास्केटबल, लोक दोहोरी, गण्डकी लोक स्टार, रत्यौली, पुख्र्यौली नृत्य, एकल, खुला नृत्य प्रतियोगिता र फोटो प्रर्दशनी लगायतका आयोजना गरिएको थियो ।
महोत्सवमा व्यापारिक र अन्य गरी कुल २५८ वटा स्टलहरू राखिएको थियो ।
२०६० सालदेखि म्याग्दी उद्योग वाणिज्य संघले प्रत्येक ३÷३ वर्षमा म्याग्दी महोत्सव आयोजना गर्दै आएको छ ।