Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपतिको घरमा गोप्य कागजात भेटियो

आइतबार, माघ ८, २०७९

काठमाडौँ –अमेरिकामा न्याय मन्त्रालयका अन्वेषकहरूले डेलावेयरमा रहेको राष्ट्रपति जो बाइडेनको घरबाट थप ६ वटा गोप्य कागजात फेला पारेका छन् । शुक्रबार विल्मिङटन स्थित बाइडेनको घरबाट पनि यस्तै केही कागजातहरू फेला परेका थिए । यी कागजातहरू बाइडेन  उपराष्ट्रपति र सिनेटर हुँदाका हुन् ।

 


अमेरिकी राष्ट्रपति बाइडेनका वकिल बब बोवरले भने, ‘बाइडेनको आफ्नै हातले लेखिएको नोट र वरपरका सामग्रीहरू पनि जफत गरिएको छ ।’

 


यो अनुसन्धान करिब १३ घण्टासम्म चलेको थियो । यो अनुसन्धान चलिरहेको बेला राष्ट्रपति बाइडेन र उनकी श्रीमती घरमा थिएनन् ।
वकिल बबले भने, ‘राष्ट्रपतिले न्याय विभागलाई आफ्नो घरमा उपराष्ट्रपति रहँदाको समयको सम्बन्धित कागजातहरू र गोपनीय कागजात खोज्न अनुमति दिनुभएको छ ।’

 


पेन बाइडेन केन्द्रबाट नोभेम्बर २ मा यस्ता गोप्य कागजात प्राप्त भएको यस महिनाको सुरुमा बाइडेनका वकिलले बताएका थिए ।
यो थिंक ट्याङ्क केन्द्र राष्ट्रपति बाइडेनले वाशिंगटनमा स्थापित गरेका थिए । २० डिसेम्बर र १२ जनवरीमा पनि त्यस्ता थप कागजातहरू प्राप्त भएका थिए ।

 


राष्ट्रपतिको टोलीले यी कागजात प्राप्त हुने बित्तिकै राष्ट्रिय अभिलेखालय र न्याय मन्त्रालयलाई बुझाएको बताएको छ ।
विशेष काउन्सिल रोबर्ट हेरलाई यस अनुसन्धानको जिम्मेवारी सम्हाल्न नियुक्त गरिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १४:०८
प्रतिक्रिया दिनुहोस्