Nic Ad Nic Ad
Nic Ad Nic Ad

इसेवाको प्रादेशिक कार्यालय सबै प्रदेशमा

आइतबार, माघ ८, २०७९

काठमाडौँ –भुक्तानी सेवा प्रदायक इसेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ ।

 


योसँगै इसेवाले सबै प्रदेशमा आफ्ना क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएको छ । हरेक महानगरपालिका, नगरपालिका, गाउँपालिकादेखि वडा कार्यालयसम्म आफ्नो उपस्थिति जनाएको इसेवाले आफ्ना सेवा र सुविधालाई अझ सुविधापूर्ण र सरलीकृत गर्दै अगाडि बढ्ने उद्देश्यका साथ क्षेत्रीय कार्यालय विस्तार गरेको हो ।

 


प्रादेशिक कार्यालय जनकपुरको मिल्स् एरीयामा जनकपुर उपमहानगरपालिका उपप्रमुख किशोरी शाह र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरेअ । 

 


देशभर एक लाख ६५ हजारभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब १ करोड ७० लाख जनसंख्याले सेवा लिइरहेका छन् । 

 


इसेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या पनि करिब ७० लाख पुगिसकेको छ ।

 


इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्