भेरी अस्पतालमा डायलाइसिस सेवा थप
काठमाडौँ –नेपालगन्जको भेरी अस्पतालमा दैनिक १८ जना मृगौला रोगीको निःशुल्क डायलाइसिस हुने भएको छ ।
अस्पतालले यसअघि ३ वटा मेसिनबाट २ सिफ्टमा दैनिक ६ जनालाई डायलाइसिस सेवा दिदै आएको थियो ।
अब ६ वटा मेसिनबाट दैनिक ३ सिफ्टबाट १८ जनाले सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरेका छन् ।
त्यसैगरी, संक्रामक रोगका लागि हेपटाइटिस बी, सी र एचआईभी संक्रमितका लागि छुट्टै मेसिनको व्यवस्था गरिएको छ । थप एउछा मेसिन आकस्मिक घटनाका लागि छुट्टाइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९ १७:१८
प्रतिक्रिया दिनुहोस्