Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोभिडको कारण चीनमा एक सातामा तेह्र हजार जनाको मृत्यु

आइतबार, माघ ८, २०७९

बेइजिङ–चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ (कोरोना भाइरस) सङ्क्रमणको कारण मृत्यु भएको छ । 

 

गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

 

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ । 

 

गत  डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको  सिडिसिले जनाएको छ । -रासस /एएफपी

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:३५
प्रतिक्रिया दिनुहोस्