Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिल्म प्रसाद २ फेरि विवादमा

आइतबार, माघ ८, २०७९

काठमाडौँ -फिल्म ‘प्रसाद २’ फेरि विवादमा तानिएको छ । यस फिल्मको टिमले मानवीय संवेदना नदेखाएको भन्दै सामाजिक अभियन्ता गिभिना मगरले सामाजिक सन्जालमा एउटा भिडियो पोष्ट गरेकी छन् । उनले अभिनेत्री केकी अधिकारी र अभिनेता विपिन कार्कीमाथि आरोप लगाएकी छन् ।

 


मगरका अनुसार फिल्मको गीतको सुटिङका क्रममा नाच्दै गरेकी सपना नाम गरेकी युवती बेहोस भएर लड्दासमेत निर्माण पक्ष तथा कलाकारहरुले वेवास्ता गरेको बताएकी छन् । समयमा अस्पताल नपु¥याउँदा युवतीको एउटा खुट्टा र हात पुरै नचल्ने भएको पनि मगरले बताएकी छिन् ।

 


यसरी पटक पटक विवादमा तानिएको यो फिल्म चाडै नै रिलिज हुँदैछ । नयाँ वर्ष कै दिन रिलिज मिति तोकिएको यस फिल्ममा विपिन कार्की र केकी अधिकारीको जोडी देख्न पाइने छ । 

 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्