नेभिगेशन
अर्थ विविध

प्रहरीले रोक्यो सोल्टीमा चलेको दुबईको प्रपर्टी मेला

काठमाडौँ– नेपाल प्रहरीले गैरकानुनी रुपमा सोल्टी होटलमा संचालन भएको प्रपर्टी मेला रोकेको छ ।

 

अनुमति नलिइ मेला संचालन गरेको पाइएकोले सोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

 

‘अनुमति नलिइ मेला आयोजना गरिएको रहेछ, त्यसको जानकारी पाउने वित्तिकै हामीले मेला रोकेका छौं, आज दिउसो साढे ४ बजेतिर मेला रोकिएको हो,’ एसएसपी कार्कीले क्यानडा नेपालसँग भने ।

 

मेला शनिबार र आइतबारको लागि तय भएको थियो । मेला आयोजक ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका ५ जनामध्ये केही भारतीय र केही दुबईका नागरिक रहेको प्रहरीको भनाई छ ।

 

सो मेला आयोजना हुने जानकारी पाएपछि नेपाल राष्ट्र बैंकले एक सुचना जारी गर्दै नेपालीले विदेशमा लगानी गर्न नपाइने कानुनी व्यवस्थाबारे स्मरण गराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध