Nic Ad Nic Ad
Nic Ad Nic Ad

बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने

सोमबार, माघ ९, २०७९

काठमाडौँ – बङ्गलादेशमा आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगका सचिव मोहम्मद जहाँगीर आलमले आगामी फेब्रुअरी २३ मा राष्ट्रपतिको निर्वाचन हुने जानकारी दिएका हुन्। 

 

देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेकोले वर्तमान राष्ट्रपति अब्दुल हमिद अर्को कार्यकालका लागि पुनः निर्वाचित हुन नमिल्ने आइतबार साँझ आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए।

 

देशको संविधानले १ व्यक्तिलाई बढीमा २ कार्यकालका लागि निर्वाचित गर्न सक्ने व्यवस्था गरेको जानकारी दिए।

 

हमिदको कार्यकाल २४ अप्रिलमा समाप्त हुँदैछ । राष्ट्रपति निर्वाचनको कार्यतालिका चाँडै घोषणा गरिने आलमले बताए।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०६:४०
प्रतिक्रिया दिनुहोस्