Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी राष्ट्रपतिको घरमा खानतलास, भेटिए गोप्य दस्तावेज

सोमबार, माघ ९, २०७९

काठमाडौँ – सङ्घीय अनुसन्धान व्युरो (एफबिआई)ले अमेरिकी राष्ट्रपति जो बाइडेनको डेलावार राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजविनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबिआई आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ।

 

राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबिआईको टोलीलाई खानतलासको अनुमति दिएका थिए । यद्यपि उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि विशिष्ट प्रकृतिको खानतलासीमा कुनै समस्या नभए पनि यसले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

 

गत पुस १२ गते राष्ट्रपतिका वकिलहरूले मध्यावधि निर्वाचनको केही समयअघि वासिङ्टनको पेन बिडेन केन्द्रको पूर्वकार्यालयमा केही गोप्य दस्तावेज फेला पारेको खुलासा गरेपछि अनुसन्धान गर्न एफबिआई टोली राष्ट्रपतिको निजी निवासमा पुगेको अन्तराष्ट्रिय संचार माध्यामले जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ०७:३२
प्रतिक्रिया दिनुहोस्