ब्रिटिस कलेजले गर्यो अलुम्नाइ मिट
काठमाडौँ– द ब्रिटिस कलेजले हायात रिजेन्सी (रक्स गार्डेन) मा पूर्वविद्यार्थीहरूको भेला (अलुम्नाइ मिट–२०२३) कार्यक्रम गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्य्राजुएट भएका विद्यार्थीहरूलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौका मिलेको थियो ।
कार्यक्रममा सन् २०१५ देखि २०२२ सम्मका १०० जनाभन्दा बढी पूर्वविद्यार्थी, स्टाफ, फ्याकल्टी र विशेष अतिथिको उपस्थिति थियो । साथै, लिड्स बेकेट विश्वविद्यालयका प्रतिनिधि कुनाल हल्बीको समेत उपस्थिति थियो ।
कार्यक्रमको उद्घाटन गर्दै ब्रिटिस कलेजका सिइओ राजन कँडेलले, ‘पुराना साथीहरूसँग भेटघाट गर्नुका साथै यो कार्यक्रमले विद्यार्थीहरूलाई उनीहरूले छाडेदेखि हामीले के गर्दै छौँ र केकस्ता नयाँ अवसरहरू उपलब्ध गराएका छौँ भनेर देखाउने मौका मिलेको छ ।’
कार्यक्रममा कलेजका पूर्वविद्यार्थीहरू, स्कुल अफ कम्प्युटिबका तर्फबाट रविन तिवारी, सिल्क ग्रुपका सिटिओ र स्कुल अफ बिजेनसतर्फबाट सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले मन्तव्य दिएका थिए । साथै एड्मी सन्स् तथा मार्केटिङका हेड अमरदीप मण्डलले आफ्नो मन्तव्य दिएका थिए ।
पूर्वविद्यार्थीहरूसँगको सम्बन्ध बलियो र सुमधुर बनाइराख्न अलुम्नाइ कार्यक्रम गर्दै आएको उनले बताए । पूर्व विद्यार्थीहरूले प्राप्त गरेको सफलताप्रति आफूहरूलाई गर्व रहेको भन्दै उनीहरूको भविष्यको योजनाप्रति मद्दत गर्न तयार रहेको बताए ।